बबई नदीको जोखिम यथावत, सतर्क रहन अनुरोध

बबई नदीको जोखिम यथावत, सतर्क रहन अनुरोध
चेतावनी तहमा पुगेको बबई (भादा) नदी । तस्बिर : यादव आचार्य

गुलरिया : तीन दिनदेखि परेको अविरल वर्षाका कारण बबई नदीमा पानीको बहाव बढेको छ । बहाव घटबढ भइरहेपछि तटीय क्षेत्रका स्थानीयलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ । शनिबार राति चेपाङ वेसिनमा सर्तकता तह पार गरेको बबई नदीले आइतबार बिहान केही घण्टा सामान्य अवस्थापछि पुनः सर्तकता तह पार गर्यो । 

यतिखेर चेपाङमा बबई नदीको सतह ५.६५ मिटर छ । चेपाङमा ५.५० मिटर चेतावनी तह र ६.८० मीटरलाई खतराको तह मानिन्छ । त्यस्तै बर्दियाको गुलरिया स्थित बबई (भादा) नदीमा नदीको चेतावनी तह ७ मिटर छ । त्यहाँ ८ मिटर पानीको सतहलाई खतरा मानिन्छ ।

बबई नदी घटबढ भइरहेकोले तटीय क्षेत्रका स्थानीयहरूले सजगता अपनाउनु पर्ने प्रमुख जिल्ला अधिकारी एवम् विपद व्यवस्थापन समिति बर्दियाकी अध्यक्ष रुद्रादेवी शर्माले बताइन् । वर्षाको समय छ । नदी जुनसुकै बेला बढ्न सक्ने भएकाले सतर्क रहन समितिले सूचना जारी गरेको हो । 

उनले भनिन्,' विपद् व्यवस्थापनको सबै तयारी गरेका छौं । जोखिम न्युनिकरण गर्न तिनै तहका सुरक्षा निकाय,स्थानीय तहलगायत सरोकारवालाहरूसँग समन्वय भइरहेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.