ललितपुरको गेष्ट हाउसमा सोलुखुम्बुका एक युवक मृत फेला
![ललितपुरको गेष्ट हाउसमा सोलुखुम्बुका एक युवक मृत फेला](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
काठमाडौं : ललितपुरको गेष्ट हाउसमा एक युवक मृत भेटिएका छन्। ललितपुर महानगरपालिका-१७ स्थित ललितपुर गेष्ट हाउसमा आइतबार बिहान ११:३० बजे सोलुखुम्बुका २१ वर्षीय जीवन निरौला मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।
११ नम्बर कोठामा बसेका उनी बिहान ११:३० बजेसम्म पनि ढोका नखोलेपछि गेष्ट हाउस सञ्चालक सुमन तामाङले झ्याल खोलेर हेर्दा मृत फेला परेपछि प्रहरी वृत्त सातदोबाटोलाई खबर गरेका थिए।
खबरपाए लगत्तै प्रहरी वृत्त सातदोबाटोका डिएसपी चित्रबहादुर भट्टराईको कमाण्डमा टोली खटिएको थियो। प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा पठाएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
८
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)