घुससहित नवलपरासी कारागार प्रमुख पक्राउ

घुससहित नवलपरासी कारागार प्रमुख पक्राउ
सुन्नुहोस्

परासी : घुस लिएको आरोपमा कारागार कार्यालय नवलपरासीका प्रमुख (कारागार प्रशासक) विनोदकुमार दत्त पक्राउ परेका छन्। डेढ लाखसहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा रहेको निवासबाट आइतबार पक्राउ गरेको हो। 

विराटनगर महानगरपालिका-१० घर भएका उनीसँगबाट घुस लिइसकेको १ लाख र स्रोत नखुलेको ५० हजार  बरामद भएको अख्तियारको प्रेस विज्ञप्तिमा जनाइएको छ। उक्त रकम उनले निवासको दराजमा राखेको बताइएको छ। 

कारागार प्रशासक दत्तले कारागारका एक कैदीबन्दीलाई चौकीदार बनाइदिने भन्दै रकम लिएको स्रोतले बताएको छ। कारागारको चौकीदार छनौट कारागार, प्रहरी र प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समितिले गर्ने उल्लेख छ। पक्राउ परेका दत्तमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.