मुगुको डोल्पुगाउँ लुटपाट घटनामा संलग्न तीन जना सार्वजनिक

मुगुको डोल्पुगाउँ लुटपाट घटनामा संलग्न तीन जना सार्वजनिक
सुन्नुहोस्

मुगु : जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पु गाउँमा जेठ १२ गते भएको लुटपाट घटनामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

पक्राउ परेका जुम्लाको गोठीचौर गाउँपालिका–३ का आक्रोस प्रर्से भनिने गणेश भण्डारी सोही वडाका पूर्णप्रसाद भण्डारी र सोही गाउँपालिका-४ का कमल थापालाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। स्थानीयहरू यार्सा संकलन गएको मौका छोपी गाउँका हातहतियारसहित गाउँमा पसेर २४ घर र एक गुम्बामा लुटपाट गरेका थिए। 

घटनामा संलग्नहरूबाट जुम्लाको पातारासी गाउँपालिका–३ चुनेकाँध भन्ने स्थानमा ओडारभित्र लुकाई राखेको एसएलआर थान १ यसको म्यागजिन दुई थान, यसमा लाग्ने गोली २५ राउण्ड, कटुवा पेस्तोल १ थान, झोला १ थान, कम्ब्याट रंगको रेनकोट ५ जोडी कालो रंगको सल १ थान, हैण्ड सेट ३ थान र बाइनाकुलर १ थान र गोलीका खोका ३ वटा र मिस फाएर भएको गोली १ थान बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार ३५ तोला सुन, ९ सय ९४.५ तोला चाँदी, बुद्धका मूर्ति २, रिणमोक्ष मूर्ति १ मुगाको माला ९५ तोला यार्सा मोबाइल नगद ५० लाख २५ हजार रुपैयाँसहित अन्य धनमालहरू लुटपाट गरेको पीडितहरूले जाहेरी दिएका थिए। 

जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मुगु, जुम्ला र कर्णाली प्रदेश प्रहरीले विभिन्न ७ वटा स्थानमा प्रहरी टोली खटिई घटना भएको १ महिनापछि घटनामा संलग्नहरू ८ जनामध्ये तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो। प्रहरी घटनामा संलग्नहरूलाई जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.