विज्ञापन कार्यशाला आयोजना

विज्ञापन कार्यशाला आयोजना
सुन्नुहोस्

काठमाडौं : नेपाल विज्ञापन संघ (आन) र नेपाल विज्ञापन बोर्डले विज्ञापन कार्यशाला आयोजना गरेको छ। 

शुक्रबार अन्तर्राष्ट्रिय प्रशिक्षक भरत अभालानी तथा स्थानीय सहजकर्ता एवं विज्ञ रन्जित राज आचार्य, दिपेन्द्र टण्डन उजय शाक्य तथा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यशालाका सहभागीहरूलाई विभिन्न विषयवस्तु विज्ञापन, ब्रान्ड र मार्केटिङ माथि कार्यपत्र पेश गरेका थिए। 

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार तथा आन अध्यक्ष सुदिप थापाले कार्यक्रममा सहभागीलाई धन्यवाद दिए। नेपाल टेलिकम तथा पर्यटन बोर्डको विशेष सहभागिता रहेको कार्यशालामा विज्ञापन एजेन्सी तथा सञ्चार माध्यमको बाक्लो सहभागिता थियो। 

कार्यक्रममा नेपाल टेलिभिजन र राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सहयोग गरेका थिए। कार्यशालामा करिब १२० जनाको सहभागिता थियो। बिहान ९ बजेदेखि सुरु यस कार्यक्रम आयोजक संस्थाद्वय विज्ञापन बोर्ड र विज्ञापन संघबाट विज्ञ भरत आभलानी र प्रायोजक राष्ट्रिय वाणिज्य बैक र नेपाल टेलिभिजनलाई मायाको चिनो प्रदान गरिएको थियो। 

कार्यशालाले विज्ञापन व्यवसायी,विज्ञापनदाता र सञ्चार माध्यमबबीच सहकार्य गर्ने र नव प्रवर्तक उद्यम स्टार्ट अपलाई विज्ञापनकर्मी तथा सञ्चार माध्यमले प्राथमिकता राखी प्रवर्द्धनमा सहयोग गर्ने समेत निचोड निकालेको छ। कार्यक्रममा सहभागीहरूबाट आएका उत्कृष्ट तीन विषयवस्तुलाई विज्ञापन व्यवसायी तथा सञ्चार माध्यमले अगाडि बढाउने छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.