कर्णाली नदीले पार गर्‍यो चेतावनी तह

कर्णाली नदीले पार गर्‍यो चेतावनी तह
सुन्नुहोस्

टीकापुर : दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण कर्णाली नदीले चिसापानी क्षेत्रमा चेतावनी सतह पार गरेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएपछि चेतावनी सतह पार गरेको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सात बजे गरिएको मापनमा कर्णाली नदीको चिसापानीमा चेतावनी सतह १० मिटर पार गरेको हो। नदीमा पानीको सतह १०.३ मिटर रहेको छ भने १०.८ मिटरलाई खतराको तह मानिन्छ। 

नदीमा पानीको बहाव बढेसँगै कैलालीको पूर्वी क्षेत्रका जानकी गाउँपालिका र टीकापुर नगरपालिका तथा बर्दियाको गेरुवा र राजापुर नगरपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाइएको प्रशासनले जनाएको छ। 

मिलनपुर शिविरका २० घर विस्थापित

यता, वर्षाका कारण कैलालीको टीकापुर नगरपालिका-६ मिलनपुर शिविरका २० घर विस्थापित भएका  छन्। वर्षाका कारण जमरा कुलामा पानीको बहाव बढेपछि मिलनपुर शिविरको बस्तीका परिवार विस्थापित भएका हुन्। 

टीकापुर नगरपालिका विपद् शाखाका प्रमुख निर्मला चौधरीका अनुसार शिविरका २० परिवारलाई वडा नम्बर ६ स्थित नारायणपुर जेसिजको भवनमा राखिएको छ। भारतीय सीमावर्ती मोहना नदीमा पानीको सहत बढ्दा जमरा कुलाबाट जाने पानी बस्तीमा पसेको चौधरीले बताइन्।

बस्तीका बाढी पीडितहरूलाई टीकापुर नगरपालिकाका नगर प्रहरी, सुरक्षाकर्मी, वडा नम्बर ६ का जनप्रतिनिधिहरूले र्‍याफ्ट बोटबाट भवनमा सारिएको नगर प्रहरी प्रमुख पहल शाहले जानकारी दिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.