बागमतीमा ४० प्रतिशत रोपाइँ

बागमतीमा ४० प्रतिशत रोपाइँ
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशको १३ जिल्लामा कुल १ लाख १४ हजार ५ सय ६१ हेक्टर जमिनमा धानखेती हुने गरेकोमा हालसम्म ४०.१९ प्रतिशत मात्रै रोपाइँ भएको छ । यस वर्ष मनसुन ढिला सुरु भएकाले रोपाइँ ढिला भएको हो ।

बागमतीमा बिहीबारबाट मात्रै मनसुन सुरु भएकाले एकातिर बाढी पहिरोको त्रास र अर्कोतिर रोपाइँको चटारो छ ।  हालसम्म ४६ हजार ४५ हेक्टर जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । 

उनका अनुसार प्रदेशका १३ जिल्लामध्ये दोलखामा सबैभन्दा बढी रोपाइँ भएको छ । दोलखामा २ हजार ८ सय १४ हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा यस वर्ष १ हजार ७ सय १७ हेक्टरमा रोपाइँ भएको छ । 

त्यस्तै, काठमाडौंमा ५ हजार ९ सय २६ हेक्टरमध्ये १ हजार ४ सय २२ हेक्टर क्षेत्रफल अर्थात् २४ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो । प्रदेशको भक्तपुरमा ३ हजार ७ सय १९ हेक्टरमा अर्थात् ८ सय ९३ हेक्टर अर्थात् २४ प्रतिशत र २४ हजार २ सय ४७ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको चितवनमा ११ हजार ९ सय ४८ हेक्टरमा अर्थात् ४९.२८ प्रतिशत रोपाइँ सकिएको हो । 

  • मनसुन सुरु भएकाले एकातिर बाढी पहिरोको त्रास र अर्कोतिर रोपाइँको चटारो छ । हालसम्म ४६ हजार ४५ हेक्टर जमिनमा मात्रै रोपाइँ भएको छ । 
  • बागमती प्रदेशका १३ जिल्लामध्ये दोलखामा सबैभन्दा बढी रोपाइँ भएको छ । दोलखामा यस वर्ष १ हजार ७ सय १७ हेक्टरमा रोपाइँ भएको छ । 

मकवानपुरमा भने धान रोपाइँका लागि उपयुक्त ९ हजार ४ सय ५० हेक्टर जमिनमध्ये ३ हजार ५ सय १५.४ हेक्टर अर्थात् ३७.२ प्रतिशत क्षेत्रफलमा र नुवाकोटमा ११ हजार ६ सय १२ हेक्टर जमिनमध्ये ४ हजार ६४.२ हेक्टर अर्थात् ३५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको हो । 

सबैभन्दा कम रोपाइँ ललितपुरमा भएको छ । जहाँ ४ हजार १ सय ६३ हेक्टर क्षेत्रफलमध्ये ८ सय ३३ हेक्टर अर्थात् २० प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । त्यस्तै, रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा यस वर्ष ४ सय १५ हेक्टर अर्थात् ३८ प्रतिशत, धादिङमा १३ हजार ६ सय हेक्टर जमिनमध्ये ४ हजार ५ सय ५ हेक्टर अर्थात् ३९.८२ प्रतिशतमा रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांकमा उल्लेख छ । 

सिन्धुलीमा ११ हजार १ सय ८८ हेक्टर जमिनमध्ये ४९ प्रतिशत, रामेछापमा ७ हजार ८ सय ५९ हेक्टर जमिनमध्ये २२ प्रतिशत, काभ्रेपलाञ्चोकमा १० हजार १ सय ८ हेक्टर जमिनमध्ये ५३.८४ प्रतिशत र सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टर जमिनमध्ये ४६.४ प्रतिशतमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.