नागरिकका समस्या समाधानका लागि तत्काल नयाँ सरकार गठन आवश्यक : विद्या भट्टराई

नागरिकका समस्या समाधानका लागि तत्काल नयाँ सरकार गठन आवश्यक : विद्या भट्टराई
सुन्नुहोस्

काठमाडौं : नेकपा एमाले सांसद विद्या भट्टराईले नागरिकहरूका समस्या समाधानका लागि तत्काल नयाँ सरकार गठन हुनुपर्ने बताएकी छन्।  सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भट्टराईले प्राकृतिक प्रकोपबाट मुलुक अस्तव्यस्त हुँदा पनि सरकार कहाँ छ? भन्ने प्रश्न उठेको बताइन्।

नेकपा एमालेका सांसद ठाकुर गैरेले तत्काल नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन प्रधानमन्त्रीलाई अनुरोध गरे। उनले मुलक प्राकृतिक प्रकोपको बिपतीमा परेको भन्दै मुलुकको समस्या समाधानका लागि नयाँ सरकार गठनका लागि सहज वातावरण बनाउन अनुरोध गरेका हुन्। 

उनले लोकतान्त्रिक शासनमा सरकार अल्पमतमा परेपछि एक सेकेण्ड पनि सरकारका बस्ने नैतिक आधार नरहने धारणा राखे । उनले वर्षा शरु भएको छोटो समयमा नै ठूलो जनधनको क्षति भएको र जोखिम न्यूनीकरणका लागि प्रभावकारी पहल र व्यवस्थापन हुन नसकेको आरोप लगाए।

त्यस्तै सांसदहरूले बाढी पहिरोमा बेपत्ता भएकाहरूको खोजी, घाइतेको निःशुल्क उपचार, राहत र जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै उनीहरुले बाढी पहिरोबाट क्षतिग्रस्त संरचनाको पुर्ननिर्माण गर्दै सहज आवतजावतको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.