‘संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुन्छ’

सरकारलाई एमालेको चुनौती : धम्की मात्र नदिनुस्, कुन-कुन फाइल खोल्ने हो ? खोल्नुस्

सरकारलाई एमालेको चुनौती : धम्की मात्र नदिनुस्, कुन-कुन फाइल खोल्ने हो ? खोल्नुस्

काठमाडौं : नेकपा एमालेले संविधान संशोधन अंकगणितले नभई राष्ट्रिय सहमतिमा हुने बताएको छ। आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय सहमति र राष्ट्रिय आवश्यकताले मात्र संविधान संशोधन हुने बताएका हुन्।

‘हिजो संसदमा कुरा चले, यो संसदमा त दुई तिहाई पुर्‍याउनुहोला तर राष्ट्रिय सभामा देखाइदिन्छौ भनेर। तर, सरकार निर्माणमा एउटा अंक गणित होला। राष्ट्रिय मुद्दामा सबैलाई समेटेर लैजान्छौं’ उनले भने।

उनले सरकार बहुमत हुँदा राजीनामा दिन्छु भन्दै हिँड्ने मन्त्रीहरु  सरकार अल्पमतमा परेको बेला राजीनामा पत्र कहाँ पुग्यो भन्दै प्रश्न गरे। उनले माओवादी केन्द्र र रास्वपाका सांसद र मन्त्रीतर्फ इंकित गर्दै फाइल खोल्छु भन्दै धम्की नदिई फाइल खोल्न चुनौति दिए। 

‘महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ। कुन-कुन फाइल कसरी खोल्न पर्ने हो खोल्नुस्,यो सदनमा हामी माग गर्न चाहन्छौं सरकारमा जति दिन पदमा रहनुहुन्छ फाइल खोल्नुहोस् । माग गर्न चाहन्छु कुन-कुन फाइल कसरी खोल्न पर्ने हो ? खोल्नुहोस्, तपाईंहरुले धम्की मात्र दिएर पुग्छ।’ उनले भने,‘यो संसदको हार्डडिक्समा मात्र सीमित छैन हाम्रो दिमागमा पनि छ तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नु भएन ? भोलि राष्ट्रिय सरकार बनेपछि तपाईंले त्यो सूचना दिनुपर्छ।’

प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले सशंकित

आफूहरु वर्तमान सरकारलाई बलियो ढंगबाट अघि बढाउन चाहेपनि प्रधानमन्त्री प्रचण्डले अर्को दाउपेचमा सहभागी भएकाले एमाले थप सशंकित भएको उनको भनाई छ। उनले सरकारभित्र रहँदारहँदै एमालेलाई कमजोर बनाउने कामका कारण एमाले सरकारबाट बाहिरिएको र कांग्रेससँग सहकार्य भएको जिकिर गरे।

बर्तौलाले संविधानको ७६ (२) अनुसार नै सरकार निर्माण गर्ने जानकारी दिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुमा  ७६ (२) मा विश्वासको मत नपाएको भए उपधारा ३ मा जाने भएपनि त्यसपश्चात तीन पटक विश्वास मत पाएकाले अब २ मा नै जाने उल्लेख गरे। उनले संवैधानिक तथ्यलाई नबङ्गाउनसमेत आग्रह गरे।

प्रधानमन्त्री प्रचण्डले बालुवाटारबाट दिन लब्याईंलब्याई मुलुकलाई अस्थीरतातर्फ लैजाने कोसिस जारी रहेको भन्दै उनले राजनीति इमानबाट निर्देशित हुने देखाउन राजीनामा दिनुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.