संविधानभन्दा पनि दलका नेताहरुको प्रवृतिमा सुधार गरौं : सांसद घर्ती
काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद पूर्ण बहादुर घर्तीले कांग्रेस–एमालेको समिकरणले देशमा राजनीतिक स्थिरता हुनेमा शंका नै रहेको बताएका छन् ।
राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्ने भनिएता पनि संविधानभन्दा पनि दलका नेताहरुको प्रवृतिमा सुधार गर्नुपर्ने उनको भनाई छ । सांसद घर्तीले राजनीतिक परिर्वतन सँगै चिन्तनमा रहेको सामन्ति संस्कारलाई संशोधन गरेमात्रै देशले समृद्धिको खाका कोर्न सक्ने धारणा राखे ।
संसदीय प्रणालीमा सरकार र कुर्सी फेरबदल हुनु स्वभाविक रहेको भन्दै दलहरुको क्रियाकलाप देशको हितमा छ वा छैन भन्ने महत्वपूर्ण रहेको उनको भनाई छ।