वर्षाका कारण सडक अवरुद्ध
रसुवा : चार दिनदेखिको निरन्तर वर्षाले जिल्लाको विभिन्न सडक अवरुद्ध भएको छ। स्याफ्रुबेशीबाट आमाछोदिङमो गाउँपालिका-५, थाम्बुचेत जोड्ने सडक अवरुद्ध भएको हो।
यसैगरी रसुवागढी नाका जोड्ने अन्तर्राष्ट्रिय मार्ग सडक खण्डको बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेशी सडक बन्द भएको छ। वर्षातको कारण ढुंगा खस्न थालेपछि सम्भावित जोखिमबाट बच्न यो मार्ग बन्द गरिएको हो।
आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए।
वर्षातको कारण सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउनका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।