माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौं : योगेश भट्टराई

माओवादीलाई पनि साथमा लिएर संविधान संशोधन गर्छौं : योगेश भट्टराई
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादीलाई समेत साथमा लिएर आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन्।

सोमबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कांग्रेस-एमालेको संख्याले मात्रै संविधान संशोधन नहुने भन्दै माओवादीलगायतका दललाई साथमा लिएर अघि बढ्ने बताए। 

उनले आफूहरू संविधान संशोधन दुई/तिहाई नभई सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्ने जिकिर गरे। उनले संविधान संशोधन गर्न सहज नहुने देखिएकाले कांग्रेस-एमाले एकैठाउँमा आएको र बाँकी सबै दललाई साथमा लिएर राष्ट्रिय सरकार बनाउने बताए। सरकार गुमेका कारण माओवादी अध्यक्ष पुष्पकमल दाहाल आक्रोशित रहेकाले कांग्रेस र एमालेले सम्झाउने काममात्रै गरेको उनको भनाइ छ।

भट्टराईले दाहाललाई माओवादीको संख्याका आधारमा नभइ व्यक्तित्वका आधारमा प्रधानमन्त्री स्वीकारेको भन्दै राष्ट्रिय हितका विषयमा दाहालले साथ दिने दाबी गरे। कांग्रेस-एमालेको बाटोमा सबै दलहरू हिंड्न सके शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउने, संविधानलाई गतिशिल बनाउने र मुलुकलाई सही दिशा दिने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.