हामीलाई पहिरोबाट बचाउ सरकार

हामीलाई पहिरोबाट बचाउ सरकार
फाइल तस्बिर।
सुन्नुहोस्

हाम्रो गाउँ पहिरोको उच्च जोखिममा छ। मेरो सम्झनामा भएसम्म २०५७ सालदेखि हाम्रो गाउँमाथिको भीर, चौका र तल खाराको भीरबाट निरन्तर पहिरो खस्दै आएको छ। पहिले गाउँबाट टाढाको दूरीमा पहिरो खस्थ्यो। 

मानिस सतर्क रहेर बस्थे। पहिरोले गाउँ छोएको थिएन। तर, विगत तीन वर्षयता माथिको भीरबाट खस्ने पहिरो पनि गाउँ पसिसक्यो। गाउँको तल्लो भागमा गइरहेको पहिरोले पनि गाउँ छोइसक्यो। अब त हाम्रो गाउँ तल र माथि दुवै तिरबाट पहिरोको जोखिममा छ। कत्तिबेला गाउँ नै भास्सिएर बस्ती बगर बन्ने हो भन्ने पिर सबैलाई छ। रातदिन पहिरो खसिरहेकाले घरभित्र बसेर खान र सुत्नसमेत पाएका छैनौं। 

खाद्रुको गाउँमा जम्मा २ सय ९२ घरधुरी छन्। त्यसमा १ सय ५० घरधुरीलाई पहिरोले छोएको छ। यी घरहरू भासिरहेको जमिनमा छन्। गत शनिबार मात्र झन्डै ९० घरधुरीका मानिस घर छाडेर सुरक्षित ठाउँ खोज्दै छिमेकीकोमा सहारा लिइरहेका छन्। 

गाउँ पहिरोको त्रासमा छ। बालबालिका, वृद्धवृद्धालगायत बिरामी परेका नागरिकको उपचार गर्न जाने बाटाहरू पनि पहिरोले बन्द छन्। गाउँमा टेलिफोन सेवा अवरुद्ध छ। घाँम नलाग्दा सोलार बल्दैन। गाउँ नै संकटमा छ। तर हामीलाई राज्य छ, छैन थाहा छैन। 

हाम्रो गाउँ पहिरोको जोखिममा परेको २४ वर्ष भयो। तर, यो पहिरो जतिबेला गाउँभन्दा धेरै टाढा थियो, त्यतिबेला नै रोकथाम गरिदिएको भए अहिलेको अवस्थामा आउने नै थिएन। यसका लागि गाउँपालिकामा पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ भएको छैन। त्यसैले हामीलाई पहिरोबाट बचाइदेऊ सरकार। 

(कठायत पचालझरना गाउँपालिका–३, खाद्रु कालीकोटका पहिरोपीडित हुन्।) 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.