सुदूरपश्चिममा ५ को मृत्यु, ३ बेपत्ता

सुदूरपश्चिममा ५ को मृत्यु, ३ बेपत्ता
सुन्नुहोस्

धनगढी/महेन्द्रनगर : अविरल वर्षका कारण सुदूरपश्चिममा ५ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। ३ सय ६५ घरहरू जोखिममा परेका छन्।

प्रदेश प्रहरी कार्यालयले दिएको सूचनाअनुसार कञ्चनपुरमा सोमबार तीन जना बालिकाको घर नजिकै जमेको पानीमा एकै ठाउँमा डुुबेर मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाकी १५ वर्षीया लक्ष्मी बोगटी, १६ वर्षकी सिर्जना बोगटी, १५ वर्षकी आरती बोगटीको घर नजिकै जमेको पानीमा डुबेर मृत्युभएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी रवीन्द्र केसीले जानकारी दिए।

१२ वर्षकी अञ्जली बोगटी र मृत्यु भएका तीनै जना एउटा गाउँबाट अर्को गाउँ जादै थिए। तीनै जना पानीको भंगालोमा परेपछि अञ्जलीले नजिकै रहेका स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन्। केही बेरपछि तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ। 

यस्तै आइतबार डडेल्धुराको परशुराम नगरपालिकाका शिक्षक नवराज पनेरुको पहिरोमा परेर मृत्युभएको छ। उनलाई पहिरोको ढुंगा लागेको प्रहरीले जनाएको छ। कञ्चनपुरकै कृष्णपुरमा पनि ७ महिनाको बालकको पनि आफ्नै घरपभित्र जमेको पानीमा डुुबेर मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका १ का सागर धानुकका ७ महिनाका छोरा सोनु धानुकको राति आमाको काखबाट खसेपछि खाटमुनि रहेको पानीमा डुुबेर मृत्यु भएको हो। उनको घर डुुबानमा परेको थियो। प्रदेशभरि बाढी पहिरोमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ। 

अविरल वर्षाका कारण कञ्चनपुर बढी प्रभावित बनेको छ। लगातारको वर्षा पछि स्थानीयको उद्धारका लागि नेपाल प्रहरीले मात्रै प्रदेश भरी २५ प्रहरी खटाएको डीआईजी केसीले बताए।

सुदूरपश्चिमका ७ पहाडि जिल्ला डोटी, डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम र बाजुरा जाने सडकहरू खुल्दै बन्द हँुदै गइरहेको छ। तर, सोमबार दिउँसोदेखि सुदूरपश्चिमको मौसममा सुधार आएको छ। कैलाली र कञ्चनपुरसहित केही पहाडी जिल्लामा दिउँसोपछि घाम लागेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.