नेकपा एमाले सचिवालय बैठक बस्दै
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम,सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ । साथै नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने जनाइएको छ।
कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमतिअनुसार पहिला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र निर्वाचनताका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन हुनेछ।