विराटनगरबाट तीन लाख प्रतिबन्धित भारुसहित दुईजना पक्राउ

विराटनगरबाट तीन लाख प्रतिबन्धित भारुसहित दुईजना पक्राउ
पक्राउ परेकाको साथबाट बरामद भएका भारतीय नोट । तस्बिर : अन्नपूर्ण

विराटनगर  : विराटनगरका अलगअलग स्थानबाट भारतीय तीन लाख १७ हजार रूपैयाँसहित सशस्त्र प्रहरीले सोमबार साँझ दुईजनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा एकजना भारतीय र एकजना नेपाली नागरिक छन् । 

भारतको जोगवनीबाट विराटनगर महानगरपालिका–१७ मटेरुवाहुँदै नेपाल प्रवेश गरेका विराटनगर–७ का २४ वर्षीय रोनक अग्रवाल साँझ ६ बजेतिर पक्राउ परेका थिए । अग्रवालाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

अग्रवाल प्रदेश १–०२–०५१ प १९३९ नम्बरको मोटरसाइकलमा सवार थिए । मोटरसाइकलमा शंकास्पद हिसाबले नेपालतर्फ आउँदै गरेका उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा साथबाट प्रतिबन्धित भारतीय नोट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका निमित्त प्रमुख डीएसपी लोकनाथ उप्रेतीले जानकारी दिए । 

उनका अनुसार अग्रवालको साथबाट ५ सय दरका ४ सयवटा भारतीय नोट बरामद भएको छ । प्रतिबन्धित नोट र मोटरसाइकलसहित पक्राउ परेका अग्रवाललाई सशस्त्र प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको छ । नेपालमा ५ सयमाथिका भारतीय नोट प्रतिबन्धित छ ।

त्यस्तै, प्रतिबन्धित भारतीय नोटसहित नेपाल प्रवेश गरेका भारतीय नागरिक विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट राति ८ बजेतिर पक्राउ परेका छन् । भारतको भागलपुर सोनापट्टीका ३६ वर्षीय गौतमकुमार केडियालाई भारतीय एक लाख १७ हजार चार सय ४४ रूपैयाँसहित पक्राउ गरिएको डीएसपी उप्रेतीले बताए । 

उनका अनुसार जोगवनीबाट पैदल नै नेपालतर्फ आउँदै गर्दा केडियालाई पक्राउ गरिएको हो । केडियाको साथबाट विभिन्न दरका भारतीय नोटहरु फेला परेका छन् । पाँच सय दरका एक सय ८१, दुई सय दरका ६०, सय दरका एक सय १५, ५० दरका ४० थान, २० दरका ३६ र १० दरका ४० थान भारतीय नोट बरामद गरिएको उप्रेतीको भनाइ छ । 

उनका अनुसार भारतीय सिक्काहरु समेत बरामद गरिएको छ । केडियालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्रले जनाएको छ । पक्राउ परेका अग्रवाल र केडियाको साथबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार दुवैजनालाई आवश्यक अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.