अल्पमतमा परेपछि प्रधानमन्त्री संसदप्रति उत्तरदायी देखिनु भएन : रमेश लेखक

अल्पमतमा परेपछि प्रधानमन्त्री संसदप्रति उत्तरदायी देखिनु भएन : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको आकस्मिक समयमा उनले देशभर बाढीपहिरो र डुवानबाट आजसम्म ७४ जनाको निधन,६ जना बेपत्ता र  ८६ घाइते भएका तथा अर्बौंको क्षति भएको बताए।

सांसद लेखकले बाढीपहिरो र डुवानबाट भएको क्षतिका बारे पत्रपत्रिका पढेर सदनमा सुनाउनुपरेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा स्पष्ट पार्न नसक्नु दुःखद भएको बताए । उनले भने, 'सरकारले विश्वासको मत लिने तयारी गरिरहेको छ । यसमा सरकारले ३० दिन पूरै लिओस् कुनै आपत्ति छैन्। तर, सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनपर्यो ।'

सांसद लेखकले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनाका काममा लाग्न आग्रह गरे । उनले कञ्चनपुरलगायत जिल्लामा बाढीपहिरो र डुबानबाट प्रभावित जनता घरबाहिर बस्नुपरेको बताउँदै तत्काल सहयोग गर्न सरकारको ध्यनाकर्षण गराए।

'प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थिति संसदमा छैन। हिजो पनि कुरा उठ्यो । सरकार विश्वासको मत लिने तयारी गरिराख्या छ। संविधानअनुसार सरकारले पाउनुपर्ने समय पाउनुपर्छ भन्ने कुरा उठ्या छ । यसमा केही आपत्ती छैन। हिजो २८ गते त थोरै मात्रै हुन्छ २१ दिन थप्न  सकिन्छ पनि भन्नु भयो। त्यो पनि थप्दा हुन्छ। सरकारले पूरै ३० दिन लेओस्। तर, सरकार हुँदासम्म सदनप्रति उत्तरदायी हुनुपर्‍यो, 'उनले भने,'अहिले अविरल वर्षाका कारणले बाढी पहिरो डुवानले समस्या उत्पन्न भएको छ । यसबारेमा जानकारी पनि गराइदेओस्। यसतर्फ सरकारको ध्यानाकृष्ट होस्। सरकारले यसमा द्रूत गतिमा काम गरोस् भन्ने आग्रह गर्न चाहन्छु।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.