कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : शक्ति बस्नेत

कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजे : शक्ति बस्नेत
सुन्नुहोस्

काठमाडौं : ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले संविधानलाई संशोधन गर्ने नाममा कांग्रेस-एमाले जनताको अधिकार सीमित गर्ने बाटोमा हिँड्न खोजेको आरोप लगाएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले संविधानको समीक्षा गर्ने बहानामा अनावश्यक संशोधन गर्दै जनताको अधिकार सीमित गर्ने बाटोमा कांग्रेस-एमाले हिँड्न खोजेको आरोप लगाए। 

उनले नयाँ गठबन्धनको आधार संविधान तोडफोड गर्नु नै भएको जिकिर गरे। माओवादीका नेतासमेत रहेका बस्नेतले अहिलेको परिघटना पार्टी विशेषको मात्रै कुरा नभएको भन्दै देशको समग्र अवस्थाको विषय रहेको बताए। संसदीय व्यवस्थामा को सरकारमा जान्छ भन्ने विषय सामान्य रहेपनि यसले देशलाई पुर्‍याउने क्षतिका बारेमा समक्षा गर्नुपर्ने उनको भनाइ छ।

बस्नेतले जनतालाई अधिकारसम्पन्न बनाएरमात्रै मुलुक बन्छ भन्ने माओवादीको स्पष्ट दृष्टिकोण रहेको भन्दै सरकारमा रहेपनि नरहेपछि यसैमा ध्यान केन्द्रित गर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.