झापामा ७६ घर डुबान, मेचीको बाढीले पिलरसहितको फेन्सिङ तार बगायो

झापामा ७६ घर डुबान, मेचीको बाढीले पिलरसहितको फेन्सिङ तार बगायो
सुन्नुहोस्

झापा : झापाका नदी तथा खोलामा आएको बाढीका कारण ७६ घर डुबानमा परेको छ, भने मेची नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा पिलरसहितको फेन्सिङ तार नै बगाएको छ। 

सोमबार राति परेको अविरल वर्षाका कारण माई खोलामा आएको बाढीले झापा गाउँपालिकाका ५१ घर डुबानमा परेका छन्। गौरीगञ्ज र झापा गाउँपालिका– १ सिमाना टप्पुस्थित माई खोलामा मंगलबार बिहान अन्दाजी साढे ११ बजे आएको बाढीले झापा २ सुगाबथान बस्तीका बासिन्दा प्रभावित भएका हुन्। बस्तीमा अन्दाजी अढाई फिटसम्म पानी पसेको प्रहरीले जनाएको छ।

 त्यस्तै झापा– २ को कुवाडीगाउँमा पनि घुँडा घुँडासम्म पानी जमेको थियो। त्यहाँका परिवार विस्थापित नभए पनि सहयोगका लागि सुरक्षाकर्मी तैनाथ गरिएको थियो। माई खोलाका कारण झापा– १ को मिलनबस्ती , सालमारा , लसुनगंज , सितुमारी र झापा–२ को टप्पुगाउँ, सुगाबथान , कुवाडी , हवलदार बस्ती ,बालुवाटार र सडकवारिका बासिन्दा जोखिममा रहेका छन्। त्यस्तै रतुवा खोलाको बाढीले गौरादहका २५ घर डुबानमा परेका छन्। 

गौरादह नगरपालिका– ६ स्थित रतुवा खोलामा पानीको बहाव बढेर टंगुवा टोलमा रहेको ताजपुरीया बस्तीमा पस्दा २५ घर डुबानमा परेका हुन्। घरमा पानी पसेर सामान्य क्षति पुर्‍याएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटाइएको थियो। त्यहाँका मानिसहरू विस्थापित हुने अवस्था तत्काल नरहेको र खोलामा पानीको बहाव घट्ने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए। 

त्यसैगरी मेची नदीमा आएको बाढीले हात्ती छेक्न लगाएको तीन वटा पिलरसहित फेन्सिङ तार बगाएको छ। बाढीले मेचीनगर नगरपालिका– १ र ४ को सिमाना प्रसाद गौडाका तटीय क्षेत्र कटान गर्दा पिलरसहित फेन्सिङ तारसमेत बगाउँदा अन्दाजी एक लाख बराबरको क्षति भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.