नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता

नक्कली लाइसेन्स प्रकरणमा उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
सुन्नुहोस्

काठमाडौं : नक्कली लाइसेन्स वितरण गरेको आरोपमा यातायात व्यवस्था विभागका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर भएको छ। फर्जी विवरण राखेर ३ सयभन्दा बढी नक्कली लाइसेन्स वितरण गरेको आरोप उनीहरूलाई छ। 

नक्कली लाइसेन्स बाँडिएको समाचार बाहिरिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले अनुसन्धान गरेको थियो। सिआईबीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो। 

अनुसन्धानका क्रममा यस प्रकरणमा १५ जना संलग्न भएको अध्ययन प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो। नक्कली लाइसेन्स प्रकरणका ९ जना फरार छन्। जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा लिखतसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ। 

जिल्ला अदालत काठमाडौंमा ४८ पृष्ठको अभियोगपत्र दायर भएको छ। अभियोगपत्रमा यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख उपसचिव केशव अर्याल, तत्कालीन कम्प्युटर अपरेटरहरू लक्ष्मण पाण्डे, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे र पदमराज आचार्य, सहायक पाँचौं सुवास पौडेलसहित १५ जनालाई दोषी देखाइएको छ। 

आरोपीमध्ये केसव अर्याल, पदमराज आर्चाय, सुवास पौडेल, राजेश लम्साल, दिलीप कुमार शाह, केसव पौडेल प्रहरी हिरासतमा छन्। त्यस्तै फरार रहेका आरोपीमा लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायाण प्रसार पाण्डे, विवेक भण्डारी, विजय चौधरी, फानेश्वर सापकोटा र संदीप श्रेष्ठ छन्। 

आरोपीहरूले नँया व्यक्तिको सवारी चालक अनुमतिपत्र निकाल्ने क्रममा पुरानो व्यक्तिहरूको विवरण कम्युटरमा इन्ट्री राखेर नक्कली लाइसेन्स वितरण गरेको आरोप छ। सवारी चालकमार्फत मोटो रकम लिएर कर्मचारीकै मिलेमतोमा नक्कली लाइसेन्स वितरण भएको सिआईबीको दाबी छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.