सुनकोसी, कमला र बागमती नदीले सतर्कताको तह पार गर्‍यो, सजग रहन आग्रह

सुनकोसी, कमला र बागमती नदीले सतर्कताको तह पार गर्‍यो, सजग रहन आग्रह
सुन्नुहोस्

सिन्धुली: सिन्धुलीस्थित तिन ठूला नदीहरूमा आएको बाढीले सतर्कताको तह पार गरेको छ। मंगलबार सुनकोसी, कमला, बागमती नदी र चँदाह खोलामा आएको बाढीले सतर्कता तह पार गरी खतरा तहमा पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

लगातार परेको पानीसँगै नदीहरूमा आएको बाढीले खतराको तह पार गर्ने अवस्थामा पुगेकाले नदि तटीय क्षेत्र लगायत डुवान हुने क्षेत्रमा उच्च सर्तकता अपनाउन भनिएको छ। विभागका जलविद् भिमलाल पाण्डेका अनुसार   ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ।

कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटिय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही, सिर्थौली लगायतका क्षेत्र जोखिममा परेका छन्। यी क्षेत्रमा डुवान हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सुनकोसी नदीमा समेत पानीको सतह बढेका कारण सुनकोसी गढतिर क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ। यस्तै बागमती नदीमा भने बाढीको जोखिम कायमै रहेको बताइएको छ। सिन्धुलीमा लगातार वर्षात हुँदा कमला, बागमती र सुनकोसी नदिका साथै मरिण, रोसी र चँदाहा खोलाको बाढीको कारण नदी तटीय क्षेत्रका बस्तीहरू जोखिममा पर्ने गरेका छन्। 

यस्ता क्षेत्रमा हुने सम्भावित विपद्लाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले अनुरोध गरेका छन्। 

जिल्लाको सुनकोसी, मरिण, बागमती, कमला, चँदाहा जस्ता नदी आसपास तथा डुवान हुने होचा भूभागमा बसोबास गर्ने नागरिकहरूले उच्च जोखिममा छन्। त्यस्ता क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षा तथा उद्धारका लागि सुरक्षाकर्मीहरूलाई समेत हाइअलर्ट अवस्थामा बस्न भनिएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.