फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा

फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा
सुन्नुहोस्

काठमाडौं : फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ। लामिन यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ ले हराएर फाइनल पुगेको हो।

म्युनिख एरेनामा भएको खेलमा फ्रान्सले सुरुवाति अग्रता लिएको थियो।  ९ मिनेटमै राण्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, २१औं मिनेटमा लामिन यामलले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरी बनाएका थिए।  यामल १६ वर्षीय खेलाडी हुन्। गोलसँगै उनले आफ्नो नाममा कीर्तिमानी लेखाउन सफल भएका छन्। 

null

खेलको २५ औं मिनेटमा डानी ओल्मोले गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा स्पेनले २-१ को अग्रता लिएको थियो। त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा  स्पेन फाइनलमा पुग्न सफल भएको छ।

स्पेनले अब बुधबार राति नेदरल्याण्ड्स र इंग्ल्याण्डबीच हुने सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ। स्पेन १२ वर्षपछि उपाधि नजिक पुगेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.