प्री ओपन सेसनमा नेप्से परिसूचक १०.७१ अंकले बढ्यो
काठमाडौं : प्री ओपन सेसनमा बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १०.७१ अंकले बढेर २१६२.८६ विन्दुमा पुगेको हो।
यो समयमा ६३ वटा स्क्रिप्सको ७ हजार ८५१ कित्ता सेयर ८० लाख २२७ रुपैयाँमा खरिद बिक्री भए।
यो समयमा कारोबारमा आएका ४० वटा स्टकको मूल्य बढ्दा २० वटाको घट्यो भने ३ वटाको मूल्य स्थिर रह्यो।