एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी
तस्बिर : ओली सचिवालय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। नेपाली कांग्रेससँगको सहमति अनुसार अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने भएपछि पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्न मापदण्डबारे छलफल गर्न पार्टी कार्यालयमा बैठक बसेको हो। nullअसार २८ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसपश्चात नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने नेताहरुले जनाएका छन् । त्यसअघि कांग्रेस र एमालेका नेताहरूबीच मन्त्रालय भागबण्डा र सैद्धान्तिक सहमति गरेर अगाडि बढ्ने तयारी छ। एमालेबाट यस पटक अनुभवी र नयाँ सांसदलाई प्राथमिकता दिने नेताहरुले बताउँदै आएका छन्।

एमाले र कांग्रेसको समझदारीअनुसार पहिलो दुई वर्ष ओलीले सरकारको नेतृत्व गरेपछि त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन्। null

आजको बैठकले नेताहरूको कार्यविभाजन सहितका विषयमा पनि छलफल हुने बताइएको छ। बैठकले यस अगाडिको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ।  अध्यक्ष ओलीले आज संगठन विभागको बैठकमा पनि पार्टीको आन्तरिक विषयमा छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.