रास्वपालाई व्यङ्ग्य गर्दै महामन्त्री शर्माले भने : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन

रास्वपालाई व्यङ्ग्य गर्दै महामन्त्री शर्माले भने : सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई व्यङ्य गरेका छन्। रास्वपाका महामन्त्री मुकुल ढकाललाई पदमुक्त गरिएकोबारे कटाक्ष गर्दै उनले प्रश्न र आलोचनालाई सहजै ग्रहण गर्ने बताएका छन्।

मंगलबार रास्वपाले ढकाललाई पार्टीको महामन्त्री र प्रवक्ताबाट हटाएपछि बुधबार बिहान कांग्रेस महामन्त्री शर्माले भनेका छन्,‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन।’ 

उनले प्रश्न र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको दाबी गरे। शर्माले भने,‘प्रश्न,आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ / रहिरहनेछ। रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी।’

रास्वपाका सह-प्रवक्ता मनिष झाका अनुसार मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। उनी निलम्बनमा परेपछि कार्यवहाक महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीले र  प्रवक्ताको जिम्मेवारी मनिष झाले पाएका छन्। 

जिम्मेवारीबाट बर्खास्त गरेपछि डा. मुकुल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको प्रतिक्रिया दिएका छन्। ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन ,रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन,घण्टी बज्न रोकिँदैन, बाँकी कुरा भोलि,’उनले सामाजिक सञ्जालमा लेखेका थिए।

ढकालले आज ३ बजे पत्रकार सम्मेलन गर्दैछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.