प्रचण्डको दोहोरो चरित्रले गर्दा सरकार विघटनको अवस्थामा पुगेको हो : अध्यक्ष ओली

प्रचण्डको दोहोरो चरित्रले गर्दा सरकार विघटनको अवस्थामा पुगेको हो : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् ।

 उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने गरि भएका कामका कारण अहिलेको परिस्थिति पैदा भएको धारणा राखे । भ्रष्टाचार,अस्थीरतालगायत स्वार्थपेरित काम पनि देखिएको उनले भनाइ छ।  ओलीले संविधानलाई गतिशिल बनाउनका लागि आवश्यकता अनुसार परिमार्जन गर्नेगरि कांग्रेससँग सहमति भएको भन्दै आयोग बनाउने कुरा बाहिर आएका हल्लामात्रै भएको उल्लेख गरे। 

उनले कांग्रेस–एमालेबीच समान रुपमा मन्त्रालयको बाँडफाँट हुने हैसियतका आधारमा अन्य दललाई पनि सरकारमा सहभागीता गराउने जिकिर गर‍े। ओलीले अब बन्ने सरकारले देशको आर्थिक विकासका साथै अन्य समस्याको समाधानमा ध्यान केन्द्रीत गर्ने दावी गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.