सेयर बजारमा २३ अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार

सेयर बजारमा २३ अंकको वृद्धि, ५ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : सेयर कारोबार साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २३.२५ अंकले बढेर २१७५.४० विन्दुमा अडिएको छ।

सेन्सेटिभ इण्डेक्स  १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ। यसदिन ३२२ स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख ८३ हजार ३९१ रुपैयाँमा कारोबार भए।

दोहोरो अंकले बढेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बलेफी हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले वृद्धि भएको हो।

बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। समाज लघुवित्त वित्तीय संस्थाको सेयर ९.८८ प्रतिशतले घट्यो। यसदिन हाथवे इन्भेष्टमेन्ट नेपाल १५ करोड बढिको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो।

जानकी फाइनान्सको १४ करोड,एनआरएन ११ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड र नगदी ग्रुपको ८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन डेभलपमेन्ट बैंकबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्। कारोबारमा आएकामध्ये १९४ स्टकको मूल्य बढ्दा ४६ वटाको घट्यो । पाँच वटा समूहको उपसूचक भने स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.