ओलीको 'छलढाँट'बारे माओवादी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, विश्वासको मतका लागि अपील गर्ने निर्णय

ओलीको 'छलढाँट'बारे माओवादी बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ, विश्वासको मतका लागि अपील गर्ने निर्णय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको 'छलढाँट'बारे संसदीय दलको बैठकमा ब्रिफिङ गरेका छन्। नेपाली कांग्रेससँग सहमतिमा हस्ताक्षर भइसकेको अवस्थामा पनि ओलीले आफूलाई छक्याएको प्रधानमन्त्री दाहालले बैठकमा बताएका हुन्।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बालुवाटारमा भएको पछिल्लो बैठकमा पनि ओलीले प्रधानमन्त्रीसँग झुटो बोलेको बताए। 'ओलीजीले कांग्रेसबीच त्यस्तो केही भएको छैन। बरु अब तीन दलका नेता बस्नुपर्छ भनेर प्रधानमन्त्रीजीलाई भन्नुभएको थियो। तर, देउवाजीसँग सोधीखोजी गर्दा उहाँले 'सम्झौता भइसक्यो, सरी' भनेर भन्नुभयो। यो हदसम्म उहाँ(ओली)ले छलढाँट गर्नुभएको छ,' पत्रकार सम्मेलनमा उनले भने।

यसैबीच माओवादीले प्रधानमन्त्री दाहालको पक्षमा विश्वासको मत दिन संसदमा रहेका दलहरूलाई अपील गर्ने भएका छन्। प्रमुख सचेतक पाण्डेले संविधानको रक्षा र जनताका हितका लागि सबै दलहरूलाई विश्वासको मत दिन आह्वान गरिने बताए।

'संविधानको व्यवस्थाअनुसार नै हामीले विश्वासको मत लिने भनेका छौं। त्यसका लागि दलको दर्फबाट ह्वीप जारी गर्ने र संवधानको रक्षा र जनताको हितका लागि सबै दललाई विश्वासको मत दिन अपील गर्ने कुरा निर्णय भएको छ,' उनले भने। त्यस्तै प्रमुख सचेतक पाण्डेले संविधानको धारा ७६(२) पछि धारा ७६(३) आउने भएकाले सोही धाराअनुसार सरकार बन्नेमा आफूहरू स्पष्ट रहेको बताए।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.