विश्वासको मत लिनुअघि बालुवाटारमा रणनीति बनाउँदै प्रधानमन्त्री

विश्वासको मत लिनुअघि बालुवाटारमा रणनीति बनाउँदै प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि सत्ता साझेदार दलहरूसँग झलफल गरेका छन्। प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवसँग छलफल गरेका हुन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि आगामी रणनीति तय गर्न उनीहरूसँग छलफल गरेका हुन्। उनीहरूबीच समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा पनि छलफल भएको स्रोतको भनाइ छ। बैठकमा माओवादीका तर्फबाट परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत सहभागी छन्।

सत्ता साझेदार दल एमालेले कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री दाहालले शुक्रबार विश्वासको मत लिँदैछन्। विश्वासको मत पाउने सम्भावना न्युन भएपछि प्रधानमन्त्री दाहालले माधव नेपाललगायत नेताहरूसँग रणनीति तय गर्न लागेको ती स्रोतको भनाइ छ। 

नेकपा माओवादी केन्द्रले संविधानको धारा ७६(२) पछि ७६(३) अनुसार सरकार बन्नुपर्ने बताउँदै आएको छ। जबकि कांग्रेस र एमालेले ७६(२)अनुसार नै केपी ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै आएका छन्। ७६ (२)मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बन्ने प्रावधान छ। त्यस्तो सरकार विश्वासको मत नपाउने अवस्थामा संसदको ठूलो दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री चयन गर्ने प्रावधान ७६(३)मा छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.