नागरिक उन्मुक्तिले लियो सरकारलाई दिएको समर्थन फिर्ता, विश्वासको मत पनि नदिने

नागरिक उन्मुक्तिले लियो सरकारलाई दिएको समर्थन फिर्ता, विश्वासको मत पनि नदिने
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको संसदीय दलका नेता गंगाराम चौधरीले बताए।

समर्थन फिर्ता लिएको पत्र बिहीबार बुझाइने उनले बताए। 'सरकारलाई दिएको समर्थन फिर्ता लिएका छौं। भोलि पत्र पनि बुझाउँछौं,' अन्नपूर्णसँग उनले भने। यससँगै प्रधानमन्त्री दाहालले नागरिक उन्मुक्तिका सांसदको विश्वासको मत पनि नपाउने भएका छन्। 

नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बन्ने भएपछि नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएको हो। पार्टीका संरक्षक रेशम चौधरीले यसअघि नै राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने बताइसकेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने प्रतिवद्धता जनाएका थिए।

बैठकमा तीन सांसदको मात्र सहभागिता थियो। रञ्जिता श्रेष्ठ बैठकमा सहभागी थिएनन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.