'तपस्वी' बम्जनलाई नुवाकोट ल्याइयो

'तपस्वी' बम्जनलाई नुवाकोट ल्याइयो
सुन्नुहोस्

नुवाकोट : 'तपस्वी'को भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट ल्याइएको छ। बम्जनलाई नुवाकोट जिल्ला कारागारमा राखिएको छ। 

उनलाई नुवाकोटकी एक महिला आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। बम्जनलाई बुधबार दिनभर विदुरस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराई सरकारी अधिकारीमार्फत बयान लिइएको छ।

बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका बम्जनलाई सर्लाही जिल्ला अदालतले १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले नुवाकोट ल्याएको हो। 

आफूलाई तपस्वी दाबी गर्दै आएका बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा राखिएको छ। प्रहरीको कडा घेराबीच सरकारी वकिलको कार्यालय नुवाकोट पुर्‍याइएको बम्जनलाई लगातार सात घण्टा बयान लिइएको छ। बम्जनलाई जिल्ला न्यायाधिवक्ताले उनीमाथि परेको उजुरीका सम्बन्धमा बयान लिएका थिए। बयानका बेला सुरक्षा अवस्था कडा पारिएको थियो। 

बम्जनले भने उनीमाथि परेको उजुरीको इन्कारी वयान दिएको बताइएको छ। उनलाई नुवाकोटकी एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरी परेपछि त्यसको बयानका लागि सर्लाही हुदै नुवाकोट ल्याइएको प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए। 

डीएसपी भारतीका अनुसार घटनाको सम्बन्धमा बयान र अनुसन्धान जारी छ। प्रहरीले बम्जनले बेपत्ता बनाएको उजुरी परेको महिलाका सम्बन्धमा भने केही खुलाउन चाहेन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.