खानेपानीको मुख्य ट्रान्समिसन लाइनमा क्षति
भक्तपुर : अविरल वर्षाका कारण मनोहरा खोलाले खानेपानीको मुख्य ट्रान्समिसन लाइनमा क्षति पुर्या एको छ। मगलबार राति परेको अविरल वर्षका कारण खानेपानीको मुख्य ट्रान्समिसनलाइन भत्किएको हो।
मुख्य ट्रान्समिसन लाइन भत्किएपछि काठमाडौं खानेपानी लिमिटेड थिमी वितरण शाखाले वितरण गर्दै आएको खानेपानी वितरण तालिका अवरुद्ध भएको छ। काठमाडौं खानेपानी लिमिटेड थिमी शाखा वितरण केन्द्रले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेजमार्फत बुधबार वितरण हुने स्थानमा पानी वितरण अवरुद्ध हुने जनाएको छ।
थिमि शाखाका सहायक प्रबन्धक निर्देशक अनिश कुमार टी क्षेत्रीले मुख्य ट्रान्समिसन लाइन पानी एकीकृत हुने मुख्य पम्प भएको बताए। उनले मुख्य पम्प पुनःनिर्माण गर्नुपरेको बताए। ‘मुख्य ट्रान्समिसन लाइन नै खोलाले बगाएको छ। जसका कारण हाम्रो सिस्टम सबै डाउन छ,' उनले भने। उनका अनुसार निर्माण कार्य जारी छ।