स्रोत नखुलेको ३८ लाखसहित रकमसहित एकजना पक्राउ

स्रोत नखुलेको ३८ लाखसहित रकमसहित एकजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं :  काठमाडौं महानगरपालिका–२२ सुन्धाराबाट स्रोत नखुलेको  ३८ लाखसहित चितवन भरतपुर महानगरपालिका–१५ गणेशटोल निवासी ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरिएको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले श्रेष्ठलाई नगदसहित पक्राउ गरेको हो । 

साथै प्रहरीले बा प्र २०४८प ८१३० नम्बरको स्कुटर र एक थान मोबाइल पनि बरामद गरेको छ । 

यसैबीच,बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने ५२ वर्षीय मणिराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट २०८१ असार १२ गते पक्राउ अनुमति जारी भइ फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुमारीगालबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्त गौशालाले हिरासतमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.