एमाले नेतृत्वको सरकारमा मन्त्री नबन्ने घोषणा

नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छौं : महामन्त्री थापा

नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँगको सहमति सार्वजनिक गर्छौं : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठनको प्रक्रियामा गएपछि एमालेसँग भएको सहमति सार्वजनिक हुने बताएका छन्।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सदनमा विश्वासको मतको प्रक्रिया सकेर नयाँ सरकार गठन हुने प्रक्रियामा गइसकेपछि मात्रै कांग्रेस-एमालेबीच भएको सहमति सार्वजनिक हुने बताए। 

पार्टीका सबै सदस्यहरूलाई सहमतिका सबै बुँदाका बारेमा जानकारी गराइसकिएको भन्दै थापाले एमालेसँग भएको सहमतिको इमान्दारीताका साथ पालना हुने बताए। उनले महामन्त्रीको रूपमा काम गर्दा समयको दबाब रहेकाले आफू सरकारमा नजाने र महामन्त्रीकै रूपमा काम गर्ने पार्टी नेतृत्वलाई जानकारी गराएको बताए।

त्यस्तै थापाले कुनै एक राजनीतिक पार्टीले चाहेरमात्र संविधान संशोधन नहुने भन्दै संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक रहने स्पष्ट पारे। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर नपर्ने गरी संविधानको पुनरावलोकन गरिने उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.