राष्ट्रियसभा बैठक स्थगित गरिएपछि चार दलको आपत्ति

राष्ट्रियसभा बैठक स्थगित गरिएपछि चार दलको आपत्ति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय सभाको बैठक सूचना टाँस गरी आइतबारसम्मका लागि स्थगित गरिएको छ। बिहीबार बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५ मिनेटमा बस्ने गरी समय तोक्नुभएको संघीय संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित गर्ने कार्यसूची रहेको थियो। तर, बजेटसँग सम्बन्धित विधेयकमा संशोधन गर्ने विषयमा दलहरूबीच विवाद भएपछि बैठक प्रभावित भएको हो।

यसैबीच राष्ट्रियसभाको बैठक स्थगित भएकोप्रति चार दलले आपत्ति जनाएका छन्। नेपाली कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त प्रेस विज्ञप्ति  जारी गर्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अधिकांश सदस्यको असहमतिको बाबजुद अचानक बैठक स्थगित भएको गरिएको भन्दै आपत्ति जनाएका हुन्। उनीहरूले अर्थमन्त्रीको गलत मनसायका कारण बजेट आश्रित विधेयकहरू पेस हुन नसकेको जनाएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.