कास्कीमा पहिरो, एकै परिवारका ७ जनाको मृत्यु
![कास्कीमा पहिरो, एकै परिवारका ७ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/pahiro_gsiBS7R73g_HN3e9XCSYh.jpg)
कास्की : कास्कीमा पहिरोमा परेर एकै परिवारका ७ जनाको मृत्यु भएको छ।
पहिरोमा परेर पोखरा महानगरपालिका-१९ तल्नाकोट टाढीका सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हिजो राती लगभग सवा १० बजे कुलबहादुर परियारको घरमा पहिरो खसेको थियो।
पहिरोले एकै घरमा रहेका ७ सदस्यको मृत्यु भएको हो। पहिरोमा परेर मृत्यु भएका सातै जनाको शव निकालिसकिएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा ४६ वर्षका कुलबहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षीया लक्षिमा परियार, १५ वर्षीया प्रशना परियार, २५ वर्षीय अस्मित परियार, २० वर्षीया प्रभा परियार र ५६ वर्षीया राधिका परियार छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)