राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने, सांसदहरूलाई ह्वीप जारी

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने, सांसदहरूलाई ह्वीप जारी
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। आज बसेको संसदीय दलको बैठको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेको हो।

 
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जारी गरेको ह्वीपमा भनिएको छ,‘उपर्युक्त सम्बन्धमा मिति २०८१ साल असार २८ गते शुक्रबारका दिन बिहान ११:०० बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थिति हुन, तटस्थ नरहन र सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न यो निर्देशन (व्हिप जारी गरिएको
छ ।’ 

यो सँगै प्रचण्डको पक्षमा माओवादी केन्द्र,रास्वपा र नेकपा एस रहेका छन्। प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेस हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.