दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु
![दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_7CCaGaSUWl_mN4lYmf9z9.jpg)
दाङ : दाङमा रूखबाट लडेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ। शान्तिनगर गाउँपालिका-४ को १२ वर्षीया सुवर्ण खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
उनी बिहीबार बेलुका ६ बजेतिर घरनजिकैको जामुन रूखमा चढ्दा लडेर घाइते भएकी थिइन्। उपचारका लागि उनलाई राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)