प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको जवाफ : भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको जवाफ : भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न दुई दलबीच सहमति भएको हो
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसले दुई राजनीतिक दलबीच भएको सहमतिको ठोस आधार भएको बताएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गर्न प्रस्ताव राखेपछि छलफलमा भाग लिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुलुकलाई ठिक ढंगले अगाडि लैजान सैद्धान्तिक र व्यवहारिक आधार भएको जानकारी गराएका हुन्।

लेखकले भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न एमाले र कांग्रेस बीच सहमति भएको संसदमा जानकारी गराए।

‘रोष्टममा उभिँदा साथीहरुले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने बडेबढे भाषण गरेको मैले सुनेको छु तर, व्यवहारमा भाषणबाहेक केहि देखिएको छैन। स्टण्डको राजनीतिबाहेक केहि भएन।’ उनले भने, ‘अर्कालाई धम्क्याउन, तर्साउनका लागि यी विषयहरु उठे तर यथार्थमा केहि भएन। जानै लाग्दा फाइल खोल्छु, फाइल खोल्छु भन्ने कुरा भए तर विषय अगाडि बढेन,  यो मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्ने हो, कानुन बमोजिम सुशासन कायम गर्ने हो, त्यसमा सहमति भएको हो।’

 लेखकले प्रधानमन्त्री प्रचण्डले पीडामा भएकाले थप टिप्पणी गरेर पीडा नदिने स्पष्ट पारे। उनले संसदमा प्रतिपक्ष कमजोर नहुने विश्वास व्यक्त गरे। आज संसदमा विश्वासको मत राख्दा राखेको आक्रोश र प्रस्तु प्रधानमन्त्री प्रचण्ड नै प्रमुख प्रतिपक्ष दलको नेता हुने भएकाले लोकतन्त्र कमजोर नहुने विश्वास आफूलाई भएको टिप्पणी गरे। राष्ट्रका विकास र गतिविधिलाई चलायमान बनाउन दुई दलबीच सहमति भएको प्रष्ट पारे।

उनले प्रचण्डले प्रधानमन्त्री पदमा पाँचौं पटक विश्वासको मत माग्नु परेको भन्दै अझै ४० महिनामा कति पटक विश्वासको मत माग्ने हो भन्दै प्रश्न गरे। लेखकले देशमा राजनीतिक स्थिरता कायम गर्न नयाँ गठबन्धन बनाउनुपरेको धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.