पहिरोमा परी ज्यान गुमाएकालाई राहत वितरण

पहिरोमा परी ज्यान गुमाएकालाई राहत वितरण
सुन्नुहोस्

स्याङ्जा : स्याङ्जा प्रशासन र आँधीखोला गाउँपालिकाले विपत्तिमा परी ज्यान गुमाएका बिचारी चौताराका तुलसीप्रसाद पौडेल र फलेवासका झलक पौडेलको परिवारलाई भेट गर्नुका साथै बाढीपहिरो प्रभावित बस्तीको निरीक्षण तथा अनुगमन गरेको छ। 

विपद् व्यवस्थापन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गएको टोलीले तुलसीप्रसादका परिवारलाई राहत रकमसमेत उपलब्ध गराएको छ। सहायक प्रजिअ पौडेलले गण्डकी प्रदेश सरकारद्वारा उपलब्ध ५० हजार नगद परिवारलाई हस्तान्तरण गरेका हुन्।

राहत रकम हस्तान्तरण गर्दै सहायक प्रजिअ पौडेलले दु:खद् घटना घटेको स्मरण गरे। मानवीय क्षति अपूरणीय हुने बताउँदै आश्रित परिवारको राहतका लागि राज्यले उपलब्ध गराएको रकम प्रदान गरिएको उनले बताए। उनले थपे, ‘संघीय सरकारद्वारा उपलब्ध हुने दुई लाख रुपैयाँ पत्नीको बैंक खातामा राखिदिने तयारीमा छौं।’ 

गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलन गरी प्रभावित व्यक्तिका लागि तत्काल राहत सहयोग उपलब्ध गराइएको र थप सहयोगका लागि पालिका जुटिरहेको जानकारी गराए। उनले सुरक्षित स्थानमा बसोवासको व्यवस्थापन बिजुली, खानेपानी र खाद्य व्यवस्थापनमा पालिका जुटेको पनि जानकारी दिए। 

गाउँपालिकाका उपाध्यक्ष सीता थापा, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राना, आँधीखोला— ३ का वडाध्यक्ष शेरबहादुर कार्कीलगायत अन्य वडाका वडाध्यक्षहरू, स्थानीयवासीलगायत सहभागीले बाढीपहिरोको निरीक्षण एवं अनुगमन गरेका छन्। स्याङ्जाको आँधीखोला गाउँपालिका—३ बिचारीचौताराका तुलसीप्रसाद पौडेल र पर्वतको फलेवास नगरपालिका १ का झलकप्रसाद पौडेललाई शनिबार आएको पहिराले बगाउँदा मृत्यु भएको थियो। बैरी खोलाको वारि स्याङ्जा र पारि पर्वत छ। फलेवासतर्फ पहिरो झरेर गोठमा पुरिन थालेपछि गोठमा बाधिएका भैंसी बाख्रा फुकाउन खोज्दा झलक र तुलसीलाई पहिरोले हुत्ताएर खोलामा पु¥याएको स्थानीयको भनाइ छ। 

चार दाजुभाइमध्ये झलक कान्छा र अविवाहित हुन्। तुलसी एउटै छोरा हुन् भने उनका पत्नी, स–साना २ छोरी, बुवा, आमा छन्। शनिबारको पहिराले आँधीखोलाका २ जनाको ज्यान गएको छ भने २ जना घाइते छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.