सिन्धुलीका २४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान

सिन्धुलीका २४८ किसानलाई दुग्ध उत्पादनमा १९ लाख अनुदान
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीका व्यावसायिक दुग्ध उत्पादन गर्ने किसानलाई १९ लाख रुपैयाँ बढी अनुदान प्रदान गरिएको छ। जिल्लाको कमलामाई नगरपालिका र गोलन्जोर गाउँपालिकाले व्यावासयिक रूपमा दूध उत्पादन गरी बिक्री गर्ने २ सय ४८ जना किसानलाई १९ लाख १२ हजार २ सय ३४ रुपैयाँ ४ पैसा अनुदान प्रदान गरेका हुन्। 

कमलामाई नगरपालिकाले वडा नम्बर ३ का १ सय ५० जना किसानहरूलाई ७ लाख १२ हजार ८ सय १८ रुपैयाँ र गोलन्जोर गाउँपालिकाले ९८ जना किसानहरूलाई ११ लाख ८८ हजार ४ सय १६ रुपैयाँ ४ पैसा दुग्ध उत्पादनमा आधारित रहेर अनुदान वितरण गरेका हुन्। 

बिहीबार गोलन्जोर गाउँपालिका ५ हिर्दिङमा आयोजित कार्यक्रममा गोलन्जोर गाउँपालिका ३, ५ ६ र ७ नम्बर वडाका ५५ जना किसानहरूलाई ९ लाख ६४ हजार ६ सय ३३ रुपैयाँ ४ पैसा अनुदान रकम वितरण गरिएको हो। 

लक्ष्य बहुउद्देश्यीय सहकारी संस्थासँगको सहकार्यमा गाउँपालिकाले ५५ जना किसानलाई प्रतिलिटर ३ रुपैयाँका दरले उक्त रकम वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले जानकारी दिए। गाउँपालिकाले अनुदानका लागि ९ लाख ६४ हजार ६ सय ३३ रुपैयाँ ४ पैसा विनियोजन गरेको भए पनि १५ प्रतिशत करकट्टी गर्दा किसानहरूले ८ लाख १९ हजार ९ सय ३८ रुपैयाँ ४ पैसा पाएका छन्। 

यस्तै, गाउँपालिकाले गोलन्जोर गाउँपालिकाको वडा नम्बर ७ स्थित कृषक उत्थान दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड मार्फत ४३ जना किसानहरूलाई २ लाख २३ हजार ७ सय ८३ रुपैयाँ रकम वितरण गरेको छ। वडा नम्बर ७ का किसानहरूले व्यावसायिक रूपमा उत्पादन गरेको दूधका आधारमा उक्त रकम वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) ले जानकारी दिए। दुवै पालिकाले किसानले दूध उत्पादन गरेको आधारमा प्रतिलिटर ३ रुपैयाँका दरले अनुदान रकम किसानलाई दिएका हुन्।

दुवै पालिकाका २ सय ४८ जना किसानहरूले एक वर्षमा ६ लाख ३३ हजार लिटरबढी दूध उत्पादन गरेका छन्। अनुदान रकम वितरण कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष बरालले दैनिकरूपमा कम्तीमा चार लिटर दूध सहकारीमा विक्री गर्ने किसानहरूलाई प्रतिलिटर ३ रुपैयाँका दरले गाउँपालिकाले अनुदान उपलब्ध गराएको बताए। उनले आगामी दिनमा पनि गाउँपालिकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिँदै गाउँपालिकाभरि विस्तार गर्ने योजना रहेको उल्लेख गरे। 

यस्तै गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले गाउँपालिकाका नागरिकलाई कृषि क्षेत्रबाटै व्यावसायिक बनाउनका लागि अनुदानको व्यवस्थापन गर्न थालेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.