संविधान हामीले ल्याएका हौं, यसको रक्षा हामी गर्छौं, कसैको अर्तिउपदेश आवश्यक छैन : रमेश लेखक


काठमाडौं : नेपाली कांग्रेसले मुलुकलाई स्थीरता दिँदै संविधानलाई गतिशिल बनाउनका निम्ति संसदमा रहेका दुई ठूला दल एक ठाउँमा आउनुपर्ने परिस्थित सृजना भएको बताएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रमुख सचेतक रमेश लेखकले अस्थिरतातर्फ जान लागेको मुलुकलाई सही ढंगबाट अगाडि लैजान नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको दावी गरेका  हुन्।

उनले मुलुकको अर्थतन्त्रलाई सुधार गर्दै मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन नयाँ सरकारले प्राथमिकताका साथ काम गर्ने जिकिर गरे।

नेता लेखकले मुलुकको आवश्यकताअनुसार संविधान संशोधन हुनुपर्ने बताए। उनले संविधान कुनै दुई दल वा एक दल मिलेर संविधान नहुने भन्दै सहमतिका आधारमा मात्रै संशोधन हुने जिकिर गरे। उनले भने, 'संविधान संशोधन गर्ने भनेको दुईवटा पार्टी मिलेर गर्ने भनेको होइन। संशोधन गर्नका लागि सबै दलहरूलाई समावेश गरेर सहमतिका आधारमा संशोधन गर्ने भनेको हो। तर, पहल त कसैले गर्नुपर्ला कि। हिजो पनि संविधान निर्माण गर्दाखेरी कसैले नेतृत्व गरेको होला नि। हो, त्यो छलफलको  प्रारम्भ हामीले गरेका हौं।'

नेपाली कांग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भएको भन्दै यसका विरुद्ध आपेक्ष गर्ने, कल्पना र अनुमानका आधारमा विभिन्न भाष्य निर्माण गर्ने काम रोकिनुपर्ने उनको भनाइ  छ। 'नेपाली कांग्रेस आफ्नो जन्मदिनदेखि आजसम्म लोकतन्त्रका लागि लडेको पार्टी हो। लोकतन्त्र व्यवस्थामा लोकतन्त्र विरोधीहरूलाई लिएर इतिहास बनाएको पार्टी हो।  यसकारण यो लोकतान्त्रिक संविधानलाई कमजोर पार्ने कुरामा,कांग्रेसका माथि आपेक्ष गर्ने, कल्पना र अनुमानका आधारमा विभिन्न भाष्य निर्माण गर्ने काम बन्द गरिनुपर्छ,'उनले भने,'यो संविधान हामीले ल्याएको हौं। संविधानको रक्षा हामीले गर्छौं। यसका लागि कुनै अर्तिउपदेश आवश्यक छैन।'

मुलुकमा कानुन बमोजिम भ्रष्टाचार नियन्त्रण गर्न सुशासन गर्नका लागि दुई दलबीच सहमति भएको उनले दावी गरे। 

उनले मुलुकलाई सही ढंगबाट सञ्चालन गर्नका निम्ति संविधान संशोधनको विषय उठेको जिकिर गरे। संविधान संशोधनको विषय उठ्ने वित्तिकै पश्चयगमन नहुने उनको भनाइ छ।

उनले भने,'संविधान संशोधनको विषय उठाउनु ,छलफल गरिनु, यसको समीक्ष गर्नु पश्चयगमन होइन, अग्रगमन हो। यदि संविधानलाई जटवस्तुका रुपमा लिएर पूजाकोठामा राखेर पाठ गर्ने विषयका रुपमा लियौं भने यो संविधान कमजोर हुनसक्छ। यसलाई चलायमान बनाउन आवश्यक छ। '

 

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.