त्रिशूलीमा बस दुर्घटना अपडेट

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा थिए सात भारतीय नागरिक

वीरगन्जबाट काठमाडौं आउँदै गरेको बसमा थिए सात भारतीय नागरिक
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

मुग्लिन (चितवन) : नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये  एकमा सात भारतीय  नागरिक रहेका खुलेको छ ।

वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीनजना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले राससलाई जानकारी दिएका छन्। 

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको  विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन ।  सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका  छन् । 

पहिरोले बगाएका दुवै  बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना,सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.