विपद्को पूर्व तयारीमा जुट्न मुख्यमन्त्री कँडेलको निर्देशन

विपद्को पूर्व तयारीमा जुट्न मुख्यमन्त्री कँडेलको निर्देशन
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विपद्का कारण हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि तल्लो तहसम्म सुरक्षा युनिटहरू परिचालन गर्न निर्देशन दिएका छन्। 

शुक्रबार वीरेन्द्रनगरमा आयोजित प्रदेशस्थित सुरक्षा प्रमुखहरूको आकस्मिक बैठकमा मुख्यमन्त्री कँडेलले विपदमा हुने क्षति न्यूनीकरणमा तल्लो तहका युनिटहरू सक्रिय भएमा ठूलो क्षतिबाट जोगाउन सकिने भन्दै यस्तो बताएका हुन्। 

मुख्यमन्त्री कँडेलले विपदबाट हुने सम्भावित जोखिम न्यूनीकरणको लागि सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने हुँदा उपलब्ध साधन श्रोत र जनशक्तिलाई तयारी अवस्था रहनसमेत निर्देशन दिए। प्रदेश सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म  विपदको लागि आफ्ना संरचनाहरू परिचालन गर्ने बताउँदै मुख्यमन्त्री कँडेलले जोखिम न्यूनीकरण तथा राहत र  उद्धारमा सरोकारवाला निकाय तथा विकास साझेदारहरूलाई आफ्ना संरचनाहरूलाई प्रभावकारी ढंगले परिचालन गर्नुपर्नेमा जोड दिए। 

यस वर्ष कर्णालीमा अहिलेसम्म अन्यत्र जस्तो जोखिम नदेखिएको तर सम्भावित खतरासँग जुध्न सुरक्षा निकायहरूबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.