ओली-देउवा शीतल निवासमा
![ओली-देउवा शीतल निवासमा](https://annapurnapost.prixacdn.net/media/albums/450581372_7890589827700119_4412211841770302164_n_1s9XpllM4Q_TFgiTc3FjW.jpg)
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छन्। एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदका लागि दाबी पेस गर्न उनीहरू राष्ट्रपति निवास पुगेको एमालेका प्रमुख सचेतक महेश बर्तौताले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेपछि देउवा र ओली सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेस गरेका हुन्। दाबी पेस गरेपछि राष्ट्रपति कार्यालयले आजै एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)