जंगली च्याउ खाँदा २ जना गम्भीर बिरामी
दाङ : दाङमा जंगली च्याउ खाँदा दुई जना गम्भीर बिरामी भएका छन्। जंगली च्याउ खाँदा दाङको शान्तिनगर गाउँपालिका-२ अमुवाका मिना न्यौपाने र उनका ससुरा ४५ वर्षीय ज्ञानु न्यौपाने गम्भीर बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा रेफर गरिएको छ। उनीहरूको राप्ती लाइफ केयर हस्पिटल सघन कक्षमा उपचार भइरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !
८