कोशीमा पदक विजेता खेलाडीलाई सम्मान गरिने

कोशीमा पदक विजेता खेलाडीलाई सम्मान गरिने

विराटनगर : अन्तरप्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदक विजेता खेलाडीलाई कोशीमा सम्मान गरिने भएको छ। 

कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेश राजधानी विराटनगरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरेर खेलाडीहरूलाई सम्मान गर्ने भएको हो। 

प्रदेशभित्रका पदक विजेता खेलाडीसहित करिब दुई सय जनालाई सम्मान गरिने बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले जानकारी दिए। बोर्डले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर खेलाडी सम्मानको सबै तयारी पूरा भएको जानकारी दिएको हो। बस्नेतले अन्तरप्रदेश राष्ट्रिय खेलकुद र १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकहरूलाई नगदसहित सम्मान गरिने बताए। उनका अनुसार यसवर्ष छोटो समयमा खेलकुदका प्रतियोगिता सञ्चालन गर्न बोर्ड बाध्य भएको छ। आगामी वर्षदेखि वार्षिक क्यालेन्डर बनाएर प्रदेशमा खेलकुदका गतिविधिलाई अगाडि बढाइने जानकारी बस्नेतले दिए। 

‘जिल्ला खेलकुद विकास समितिहरूमा आवश्यक खेल प्रशिक्षकहरूको व्यवस्था गरेर प्रदेशमा खेलाडी उत्पादनलाई प्राथमिकतामा राखिने छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद परिषद् मातहत रहेका कर्मचारीहरूको समायोजन र सम्पत्ति हस्तान्तरणको कामलाई पनि तीव्रताका साथ अघि बढाइने छ।’ बस्नेतले विराटनगर महानगरपालिका–१९ मा रहेको वैजनाथपुर रंगशालालाई केन्द्रसँग समन्वय गरेर प्रदेश सरकारको मातहतमा ल्याउन र निर्माण कार्य सम्पन्न गर्न पहल गरिने बताए।

उनका अनुसार आगामी वर्षदेखि खेलाडीको उत्पादन गर्न ग्रासरुट कार्यक्रमलाई प्राथमिकतामा राखेर नियमित प्रतियोगिता सञ्चालन गरिने छ। विद्यालयस्तरीय खेलकुद प्रतियोगितालाई पनि विशेष जोड दिने सदस्यसचिव बस्नेतले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.