वर्षातमा जहिलै जोखिम राजमार्गहरू
सिन्धुली : पूर्वी तथा मध्यतराईका जिल्लाबाट छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोडिने बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग निर्माण सम्पन्न भएको दशक भयो।
यस राजमार्गमा दैनिक सरदर ८ हजार सवारीसाधन ओहोरदोहोर गर्छन्। कुल १ सय ९८ किलोमिटर दूरी रहेको बीपी राजमार्ग पूर्व–पश्चिम राजमार्ग पछिको अत्यधिक यातायातको चाप हुने राजमार्ग हो।
तर, हरेक वर्ष वर्षात लागेपछि बीपी राजमार्गबाट यात्रा गर्दा सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सकिन्छ कि सकिँदैन भन्ने मनमा सधैंं त्रास हुन्छ।
कारण हो राजमार्गका दर्जनौं स्थानमा बाढी, पहिरो र खहरेको लेदो झरेर राजमार्ग अवरुद्ध हुनु। वर्षात्का समयमा कतिबेला राजमार्ग माथिबाट आउने बाढी, पहिरो र लेदोले सवारीसाधन छोप्ने हो कि, बगाएर सुनकोशी नदीमा मिसाउने हो पत्तै हुँदैन।
बीपी राजमार्गअन्तर्गत सिन्धुली र काभ्रेको धुलिखेलसम्म दर्ननौं स्थानमा राजमार्ग बाढी र पहिरोले दैनिक जसो अवरुद्ध हुने गर्छ।
यस्तै मध्यपहाडका २६ जिल्ला जोड्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माण थालिएको करिब १५ वर्ष भइसक्यो तर अझै निर्माण सम्पन्न भएको छैन। पूर्वी खण्ड ७ सय २१ किलोमिटर र पश्चिम खण्ड ११ सय ५८ किलोमिटर गरी निर्माण थालिएको कुल १ हजार ७ सय ८९ किलोमिटर यस राजमार्ग पनि निर्माण नसकिँदै जोखिमपूर्ण बनेको छ।
पहाडी भौगोलिक विकटताबीच निर्माणाधीन राजमार्गको सिन्धुली खण्ड अर्थात् खुर्कोट–घुर्मीको करिब ६० किलोमिटर दुरीमै दर्जनौं पहिरोको जोखिम छ।
हिउँदको चर्को घाममै पहिरो खस्ने गोलन्जोर गाउँपालिका ६ को हैबारबेसी र अक्करे भिर ३ को कुखुरेटार वारपार गर्दा आङ्नै सिरिङ्ग गर्छ।
अक्करे भिरमा यात्रा गर्नेहरूलाई पहाडबाट खस्ने ढुंगा र लेदोले सामुन्य रहेको सुनकोशीमा मिसाउला भन्ने त्राहिँत्राहिँ हुन्छ।
मध्यपहाडी लोकमार्गका अधिकांश क्षेत्रहरू पहिरोको जोखिममा भएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको भनाइ छ। ‘मध्यपहाडी लोकमार्गले सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका छुन्छ। यो मार्गमा वर्षाको समयमा यात्रा गर्दा पहिरोको सधैंं चुनौती हुने गरेको छ। अस्तिमात्र अक्करे पहिरोले एउटा ट्रक नै पुरेर क्षति पु¥याएको थियो,’ न्यौपानेले भने।
पूर्वपश्चिम राजमार्गकै बैकल्पिक मार्गका रूपमा निर्माण गरिएको मदन भण्डारी लोकमार्ग पनि सिन्धुली जिल्ला हुँदै निर्माणाधीन छ। सिन्धुली जिल्लाको मध्यभाग छिचोल्दै निर्माण गरिएको मदन भण्डारी राजमार्गको अवस्था पनि उस्तै छ।
हेटौंडा–सिन्धुली–गाईघाट–चतरा जोड्ने यो राजमार्गकोे सिन्धुली खण्ड बाढी र पहिरोको अत्यधिक जोखिममा छ। कुल १ हजार २ सय किलोमिटर लामो यो राजमार्गको सिन्धुलीस्थित पूर्वी खण्ड र पश्चिम दुवै खण्डमा चुरेबाट आउने खहरे र पहिरोको जोखिम छ। थोरै वर्षात् हुँदा पनि भिमानदेखि कटारीसम्म र सिन्धुलीमाढीदेखि हरिहरपुरगढीस्थित बागमती नदीसम्मै चुरेबाट बग्ने पहिरोको जोखिम छ। यस मार्गमा भित्ताबाट गाडीभन्दा ठूला ढुंगा खस्ने र सडक अवरुद्ध गर्ने गरेको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्र्रख्यात)ले भने।
यी राजमार्गहरू वर्षा सुरु भएपछि कम्तीमा चार महिना यात्राका लागि अत्यधिक जोखिम मानिन्छन्। जेठको अन्तिम सातादेखि भदौको अन्तिमसम्म यस्ता राजमार्गहरू दिनहुँँजसो अवरुद्ध हुने हुँदा यात्रुहरूले निक्कै शास्त्री खेप्नु परेको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा दाहालको भनाइ छ। कतिय अवस्थामा बाढी र पहिरोमा परेर यात्रुहरूको ज्यानै जाने गरेको छ भन सयौं सवारीसाधनहरूमा क्षति पुग्ने गरेको छ।
‘बीपी राजमार्गको भिमान चुरेदेखि नेपालथोकसम्म खहरे, पहिरो र लेदोले राजमार्ग अवरुद्ध हुँदा वर्षभरि उद्धार र सडक खुलाउन जहिलै कठिन हुने गरेको छ। यी राजमार्गहरू वर्षात्का समयमा काल झै भएका छन्,’ दाहालले भनिन्।
यस्ता राजमार्गहरू सुचारु गर्न गाउँपालिका, सडक विभाग खाल्टे र यान्त्रीकरण कार्यालय खुर्कोटका स्काभेटर, डोजरलगायतका साधनहरू प्रयोग गर्ने गरिएको छ।
तर पनि समयमा राजमार्ग सुचारु गर्न कठिन हुने गरेको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेको भनाइ छ।
‘सिन्धुली जिल्लामा ठूला तीन राजमार्गहरू विस्तार भएका छन्। तर यी राजमार्ग निर्माणले पहाड तथा तरार्र्ईका जिल्लाहरूबाट संघीय राजधानीसम्म आउन जान सहज भए पनि वर्षात्को समयमा भने सुरक्षित गन्तव्यसम्म पुग्न बाढी र पहिरोका कारण निक्कै चुनौती हुने गरेको छ,’ काफ्लेले भने।
ग्त वर्षको बर्खामा मात्र यी राजमार्गहरूमा दर्जनौं सवारीसाधनहरू बाढी र पहिरोले क्षति पुगेका थिए। यस वर्ष मात्र बागमतीमा एक, सुनकोशीमा एक सवारीसाधन बाढीले गाएर क्षति पु¥याएको छ। त्यसमा जनको क्षति नभए पनि यस्ता देशैभरका राजमार्गहरू बर्खाको समयमा जोखिम हुने गरेका छन्।
देशभरको ७६ जिल्लामा राष्ट्रिय यातायातको सञ्जाल जोडिएको छ। हाल कायम देशभरका ८० वटा राजमार्ग वर्षात्को समयमा यात्रा गर्नेहरूका लागि निक्कै नै जोखिमपूर्ण रहेको प्रहरीको तथ्यांक छ।
तरार्र्ई क्षेत्रमा रहेका राजमार्गहरू बाढी र डुबानको जोखिममा हुँदा यात्रा गर्ने यात्रुहरू सधैं त्रासमा यात्रा गर्न बाध्य छन्। पहाडी क्षेत्रका राजमार्गहरू पहिरोको उच्च जोखिममा पर्ने गरेको यात्रुहरूको गुनासो छ।
पूर्व धरानबाट काठमाडौंतर्फ आउँदै गरेका यात्रु समिरजंग थापाले भने, ‘वर्षात्का बेला ठूला राजमार्गमा यात्रा गरिए पनि बाँचिन्छ कि मरिन्छ थाहा हुन्न। आजैमात्र पहिरोले दुई वटा यात्रुवाहक बस त्रिशूलीमा पु¥यायो। वर्षात्का बेला राजमार्गको यात्रा जिन्दगी खतरा भने झैं हुन्छ।’