करदातालाई विलिङसम्बन्धी अन्तक्रिया
नुवाकोट : नुवाकोटमा करदातालाई विलिङसम्बन्धी अन्तक्रिया गरिएको छ। कार्यक्रममा पेनहक कम्प्युटरको बिलिङ सफ्टवेयर नुवाकोटमै पाइने जनाइएको छ।
विदुरमा आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागबाट भेरिफाइड क्लावड बेस्ड कम्प्युटर बिलिङ सफ्टवेयर प्रयोगसम्बन्धी अन्तक्रियामा जानकारी दिइएको हो। नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखासम्बन्धी कर्मचारी तथा व्यवसायीको सहभागिता रहेको थियो। अध्यक्ष श्रेष्ठले नुवाकोटमा डिस्ट्रिब्युटर्स कार्यालय राखेर सफ्टवेयरको सर्भिस सपोर्ट हुने भएकाले उक्त सफ्टवेयर प्रभावकारी रहने विश्वास व्यक्त गरे। कार्यक्रम आयोजक पेनाहक सफ्टवेयरका अध्यक्ष इन्जिनियर धीरजकुमार दासले विगत ६ वर्षदेखि नेपालको एकाउन्टिङ डोमेनमा कार्य गर्दै आएको बताए।
सफ्टवेयर युजर फ्रेन्डली, जुनसुकै डिभाइस र स्थानमा सजिलैसँग चलाउन सकिने र सम्पूर्ण रिपोर्ट एकै ठाउँमा समेटिएको आकर्षक ड्यासबोर्ड, मल्टिब्रान्चिङ, सेल्स ट्र्याकिङ सिस्टम, मास्केवारी सीवीएमएस अटो अपलोड, पार्टी कन्फरमेसन लेटर, एसएमएस, इमेल नोटिफिकेसनलगायत रहेको दासले बताए।
विगत वर्षदेखि १० करोड रुपैयाँभन्दा माथिको बिक्री वा दायित्व÷सम्पत्तिमा अनिवार्य कम्प्युटर बिलिङ सफ्टवेयर राख्नुपर्ने व्यवस्था गरिएको थियो। हालको आर्थिक विधेयक २०८१ ले क्रमशः सम्पूर्ण करदातालाई आफ्नो लेखा विवरण कम्प्युटर बिलिङ सफ्टवेयरमा राख्नुपर्ने व्यवस्था गरिएको छ। सफ्टवेयरको आवश्यकतालाई मध्यनजर गर्दै उक्त सफ्टवेयर भिœयाइएको सञ्चालक राजु बोगटीले जानकारी दिए।