टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु

टीकापुर अस्पतालमा डाइलासिस सेवा सुरु
सुन्नुहोस्

टीकापुर : कैलालीको टीकापुरस्थित टीकापुर अस्पतालमा पहिलो पटक डाइलासिस सेवा सुरु गरिएको छ। मृर्गौला सम्बन्धी समस्या भएका बिरामीहरूका लागि आजदेखि अस्पतालमा डाइलासिस सेवा सुरु गरिएको हो। 

अस्पतालमा डाइलासिस कक्ष निर्माण गरिएको छ। पाँच वटा हेमो डाइलासिस ५ बेड, एउटा आरो प्लान्ट लगायत सुविधा सम्पन्न संक्रमणरहित कक्षबाट सेवा सुरु गरिएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारीले बताए।

‘डाक्टर सन्देश पण्डित नेतृत्वको तालिम प्राप्त स्वास्थ्यकर्मीहरूको टिमबाट आजदेखि डाइलासिस सेवा गरिएको हो’ अध्यक्ष सोडारीले भने ‘यस क्षेत्रका बिरामीहरूलाई महंगो डाइलासिस सुविधा अब टीकापुर अस्पतालबाटै प्रदान गर्नेछौं, यो यस क्षेत्रबासीकै लागि खुशीको खबर हो।’ 

मृर्गौला सम्बन्धी उपचार गर्नका लागि हाल टीकापुर अस्पतालमा ३० जना बिरामीले नाम दर्ता गराएको डाक्टर सन्देश पण्डितले जानकारी दिए। ‘एउटा बिरामीको डाइलासिस गर्नका लागि कम्तीमा चार घण्टा समय लाग्छ’ डाक्टर पण्डितले भने ‘हप्ताको दुई दिन गर्नुपर्ने डाइलासिस सेवा हामी विहानी समयमा गर्ने योजनामा छौं, आज एकजना बिरामीको डाइलासिस गरिएको छ।’

डाक्टर पण्डितले महङ्गो डाइलासिस सेवा लिन टीकापुर बाहिर जानुपर्ने बिरामीहरूको लागि राहत हुने बताए। लामो समयदेखि टीकापुर अस्पतलामा डाइलासिस सेवा गर्नुपर्ने माग स्थानीयहरूले राख्दै आएका थिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.